Sajhamanch Archive

झापामा श्रीमानको मृत्युको ११औं दिनमा श्रीमतीको पनि मृत्यु

Published: in विविधा, समाज by .

बिर्तामोड । बेलाबखत समाजमा नसोचेका घटना हुन्छन् । यहाँको एक परिवारमा श्रीमानको मृत्यु भएको ११औं दिनमा श्रीमतीको पनि निधन भएको छ ।

झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपाने निवासी गिरी परिवारमा यस्तो दुखद घटना भएको हो । ८५ वर्षीय श्रीमान अम्बरबहादुर गिरीको निधन भएको ११औं दिनमा हिजो आइतबार बेलुका ७ः४५ बजे ८४ वर्षीया श्रीमती मधुमाया गिरीको निधन भएको हो ।

नेपाल दशनामी समाजका जेष्ठ सदस्य अम्बरबहादुर गिरीको गत पुस २९ गते निधन भएको थियो । स्व. मधुमायाको आज दिउँसो कनकाई माईस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

छोरा एकराज र हेमराज गिरी तथा छोरी बुहारीहरुलाई बुबाको काम सकिन नपाउँदै आमाको निधनले ब्रजपात परेको छ । शास्त्रअनुसार अब उनीहरुले थप ११ दिन नै दशगात्र कर्म गरेपछि १२औं दिनमा शुद्धिशान्ति गर्न पाउने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *