Sajhamanch Archive

रेडक्रस भद्रपुरको ‘मास्क बैंक’ पुनः सञ्चालनमा

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्वास्थ्य by .

भद्रपुर । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले पुनः ‘मास्क बैंक’ सञ्चालनमा ल्याएको छ । कोभिड–१९को जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो ।

बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्वलसमेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले बताएका छन् । उनका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरेको थियो ।

कोभिडको जोखिम न्यून हुँदै गएपछि बन्द गरिएको कार्य आजदेखि पुनः सञ्चालनमा ल्याइएको हो । बैंकबाट बिहान ७ बजेदेखि १० बजेसम्म स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण हुँदै आएको छ । बैंकमा विगतमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुबै प्रदान गरेको थिए । सोही रकमबाट खरिद गरिएको मास्क बैंकमा रहेकोले पुनः वितरण थालिएको सभापति गिरीले जानकारी दिए ।

उनका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ भन्ने नाराका साथ भद्रपुर बजार र लक्ष्मी चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिँदैछ । ‘मास्क नलगाउनेलाई बानी पार्न र मास्क किन्न नसकेर वा नपाएर त्यसै हिंड्न बाध्य भएकालाई निःशुल्क बाँड्ने गरेको सभापति गिरीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *