सहकारी एकीकरण सम्बन्धी सार्वजनिक सूचना
Published: (Updated: )
by .सूचना प्रकाशन मितिः २०७८ पुस २९
श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हल्दिबारी–२, झापा र बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कचनकवल– २, झापाबीच एकीकरण पश्चात श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हल्दिबारी– २, झापा रहने सम्बन्धी सार्वजनिक सूचना –
दुवै संस्थाको साधारणसभाको निर्णय बमोजिम श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हल्दिबारी–२, झापा र बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्था लि. कचनकवल–२, झापा एकआपसमा एकीकरण भई श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. हल्दिबारी २ झापा कायम हुने तथा संस्थाको केन्द्रीय कार्यालय हल्दिबारी–२, झापा हाल श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. को मुख्य कार्यालयमा रहनेछ ।
दुई संस्था एकीकरण पश्चात बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्था लि. तथा श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. झापाको सम्पत्ती तथा दायित्व श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. हल्दिबारी–२, झापाको नाममा रहने गरी एकीकरण प्रक्रिया अगाडि बढेकोले एकीकरण सम्बन्धी कार्यविधि २०७७ बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।
सो सम्बन्धमा शेयर सदस्यज्यूहरु तथा अन्य सरोकारवालाहरुको कुनै सुझाव तथा पृष्ठपोषण भएमा सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र हाल संस्थाका दुईवटै केन्द्रीय कार्यालयमा लिखित रुपमा उपलब्ध गराउन हार्दिक अनुरोध गर्दछौ ।
श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्था लि.
हल्दीबारी– २, झापा कचनकवल–२, झापा
फोन नं. ९८०१४५५७७० फोन नं. ९८१५९९५३६१
Comments