Sajhamanch Archive

मेचीनगरको प्लटिङ विवाद उत्कर्षमाः राजनीतिक दलहरुका आ–आफ्नै दृष्टिकोण

Published: in राष्ट्रिय समाचार by .

मेचीनगर । यहाँका सुवासराज काफ्लेको ५ विगाहा १८ कठ्ठा जमिन अंशबण्डाको महलबाट कित्ताकाट गरिएको प्रसंग अहिले रहस्यमय ढंगले उठेको छ । मेचीनगर नगरपालिकाको ने क पा संसदीय दलले आइतबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख विमल आचार्यले एक पक्षीय गरेको ने क पाको आरोप छ ।

मेचीनगर–१० को साविक नेपाल चिया विकास निगमको नामबाट कृषि विकास बैंक हुँदै सुवासराज काफ्लेको नाममा आएको ५ विगाह १८ कठ्ठा जमिनको प्लटिङ गरी मेचीनगर नगरपालिकाले पठाएको सिफारिसलाई जिल्ला मालपोत कार्यालयले प्लटिङ गर्ने जमिन कित्ताकाट हुँदैन भन्दै अंशबण्डा महल शीर्षकबाट जस्ताको त्यस्तै कित्ताकाट गरिएपछि यो प्रसंङ्ग रहस्यमय बन्दै गएको हो ।

यस विषयमा नगरप्रमुख विमल आचार्यले एकपक्षीय ढंगले गरेको मेचीनगर नगरपालिका ने क पा संसदीय दलले जनाएको छ । मेचीनगर नगरपालिका संसदीय दलका नेता तथा मेचीनगर नगरपालिका उपप्रमुख मिना पोखरेल उप्रेतीले नगर कार्यपालिकामा छलफल नै नगराई एकलौटी रुपमा होटलको भवनको नक्सा स्वीकृति प्रक्रिया अगाडि बढाएकोमा आश्चार्य प्रकट गरेकी छन् ।

नगर प्रमुख आचार्यले मेचीनगरबाट गरेको सिफारिस मालपोत कार्यालयले लत्याउँदै अंशबण्डा महलमा जस्ताको त्यस्तै कित्ताकाट गर्न माग भएको सफिारिस वडा कार्यालयले के आधारमा गर्यो ? त्यसलाई नगरप्रमुखले मौनता साँध्दै थप सिफारिस गर्नुको उद्देश्य के हो ? भनी उपनेता टीकाराम मंग्रातीले प्रश्न गरेका छन् ।

नगरपालिकाले गरेको प्लटिङलाई नगरको सिफारिसको आधारमा नभई अंशबण्डाको शैलीमा किन पास गर्यो ? यसमा पास गर्ने मालपोत कार्यालय र सिफारिस गर्ने मेचीनगरको १० नम्बर वडा कार्यालयले के स्वार्थ राखेको छ भनी ने क पाले गरेको पत्रकार सम्मेलनमा उपनेता मंग्रातीले आपत्ती जनाएका हुन् ।

यसअघि सोही प्रसंङ्गमा नेपाल कम्युनिष्ट पार्टीले नगरबासीको ध्यानाकर्षण गर्दै मेचीनगर नगरपालिकामा असोज २ गते ज्ञापनपत्र बुझएको थियो । त्यसको भोलिपल्टै नगरप्रमुख विमल आचार्यले पत्रकार सम्मेलन गरेर प्रक्रियासंगत भएको जिकिर गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *