एकाई परिषद्को ठाउँमा कार्यालयगत बिस्तारित बैठक गर्दै एनएमसी
Published:
by .झापा । हरेक वर्षको अर्धवार्षिक समीक्षासहित एकाई परिषद् बैठक भब्यरुपमा सञ्चालन गर्दै आएको एनएमसीले यो वर्ष कार्यालयगत बिस्तारित बैठकमा रुपान्तरित गरेको छ ।
नेपालको अग्रणी नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले देशमै पहिलो अभ्यासस्वरुप एकाई समितिहरु गठन गरेर संस्थाको क्रियाकलापहरु आम सदस्यसम्म पुर्याउन थालेको हो । विगत वर्षमा संस्थाका सबै एकाईका पदाधिकरी र सदस्यहरु भेला गरेर संस्थाले भब्य कार्यक्रम गर्दै आएको थियो ।
आज माघ १६ देखि २१ गतेसम्म संस्थाका ४५ वटै कार्यालय अन्तरगत गठित २५१ वटा एकाईका पदाधिकारी तथा सदस्यहरु सम्मिलित बैठक सञ्चालन सुरु गरिएको हो । संस्थाले गत २९औं वार्षिक साधारणसभा पनि सोही विधिमा एकाई कायम गरी सञ्चालन गरिएको थियो ।
आज बिर्तामोड, चारपाने लगायतका कार्यालयहरुमा बिस्तारित बैठक सञ्चालन गरिएको हो । बिर्तामोड कार्यालयगत उपसमितिका सदस्य गोपाल काफ्लेको अध्यक्षतामा सञ्चालक समिति, लेखासमिति, व्यवसायगत उपसमिति, विषयगत उपसमिति, एकाई समिति तथा कर्मचारीहरुको सहभागितामा बिस्तारित बैठक गरिएको हो ।
बैठकमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले एनएमसीको हाल सम्मको वित्तीय अवस्था, सदस्यहरुले प्राप्त गर्दै आएको सेवा तथा सुविधा एवम् एनएमसीको सिंगो सम्पत्तीका विषयमा प्रकाश पारेका थिए । एकाई के हो ? एनएमसीले एकाईलाई किन महत्व दिएको आदि विषयमा बैठकमा खुलेर अन्तरक्रिया गरिएको थियो ।
बिर्तामोड कार्यालयका प्रमुख हरिमाया ओझाले सञ्चालन गरेको कार्यक्रममा कार्यालयको वित्तीय अवस्थाका बारेमा विर्ता अर्जुन क्षेत्रका प्रमुख प्रकाश सुवेदीले प्रकाश पारेका थिए भने उपस्थितहरुलाई कार्यालयगत उपसमितिका सदस्य चन्द्रा सेढाईले शाब्दिक स्वागत गरेकी थिइन् ।
Comments