प्रदेश १ मा थपिएका कोरोना संक्रमितभन्दा निको हुने तेब्बरले बढे
Published:
by .विराटनगर । प्रदेश १ मा आज ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण भएको छ । धेरै दिनपछि थपिएका संक्रमितभन्दा निको हुनेको संख्या तेब्बरले बढेको हो ।
पछिल्लो २४ घण्टामा ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ जना र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा ७, धनकुटामा २, संखुवासभा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको हो ।
प्राप्त तथ्याङ्क अनुसार झापाको भद्रपुरमा ५, अर्जुनधारामा ४, बाह्रदशी, बिर्तामोड, दमक, मेचीनगर र कमल गाउँपालिकामा ३–३, शिवसताक्षी र कनकाईमा २–२, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।
यस्तै, मोरङको विराटनगरमा ७५, सुन्दरहरैंचामा ८, बुढीगंगामा ५, उर्लाबारीमा ४, पथरी शनिश्चरे, बेलबारी र रतुवामाईमा ३–३, लेटाङ, कानेपोखरी र स्थानीय तह नखुलेका २–२, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१ जनामा कोरोना संक्रमण भएको हो ।
मन्त्रालयका अनुसार, सुनसरीको इटहरीमा १६, धरानमा १२, रामधुनीमा ४, इनरुवा, बराहक्षेत्र, बर्जु र दुहवीमा ३–३, हरिनगर, गढी र देवानगञ्जमा १–१ जना र स्थानीय तह नखुलेका २ जनामा संक्रमण भएको छ ।
उदयपुरको चौदण्डीगढीमा २, कटारी, त्रियुगा, उदयपुरगढी, बेलका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २–२, संखुवासभाको खाँदबारी, पाँचथरको फिदिम, भोजपुरको हतुवागढी र खोटाङको दिप्रुङमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७३ महिला र ४७३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ७७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Comments