हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/१०/२०
जिल्ला झापा गौरादह– ७ बस्ने स्व. मन्दिरबहादुर परियार ( सदस्य नं. ०१०३४६१) को नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल पौष १० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला गौरादह–७ बस्ने निजका श्रीमतीले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७८ साल माघ १७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी ग्वालडुब्बा सेवाकेन्द्र
Comments