Sajhamanch Archive

बिर्तामोडको प्रमुख प्रशासकीय अधिकृत न्यौपाने आइतबारदेखि आउने

Published: in मुख्य समाचार, स्थानीय तह by .

बिर्तामोड । करिव एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको बिर्तामोड नगरपालिकामा भोलि आइतबारदेखि पूर्ति हुने भएको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत बनेर बिनोद न्यौपाने आउन लागेका हुन् ।

बिर्तामोडका तात्कालिन प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाललाई पाँचथरको फिदिम नगरपालिकामा सरुवा गरिएपछि पुस २६ देखि बिर्तामोड प्रमुख प्रशासकीय अधिकृत बिहीन रहेको थियो ।

हिजो शुक्रबारको निर्णयबाट न्यौपानेलाई दुहबी नगरपालिकाबाट बिर्तामोड नगरपालिकामा सरुवा गरिएको हो । बिराटनगरका स्थायी बासिन्दा न्यौपाने सोभन्दा पहिले झापाको राजगढमा बसोबास रहेको उनले जनाएका छन् ।

साझामञ्चसँग संक्षिप्त कुरा गर्दै न्यौपानेले भोलि आइतबार बिर्तामोड नगरपालिकामा हाजिर हुने तयारी गरेको जानकारी दिएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *