कोटेसन आह्वान सम्बन्धी सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, प्रदेश नं. १
कोटेसन आह्वान सम्बन्धी सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८।११।६
यस संस्थाद्वारा सञ्चालन एकीकृत नमूना कृषि फर्मका लागि १०० केभिए क्षमताको १ थान स्टेबलाइजर (Stabilizer)को आवश्यकता भएको हुँदा इच्छुक व्यक्ति, फर्म वा कम्पनीबाट न्यूनतम दररेटसहितको कोटेसन आह्वान गरिन्छ ।
सामग्रीको विवरण
SERVO VOLTAGE STABILIZER, PURE COPPER WIRE, CAPACITY 100 KVA, INPUT VOLTAGE 300V-460V OUTPUT VOLTAGE 400+1%, 3 PHASE, OIL COOLED, 50HZ, CLASS A, TYPE BALANCE
तपसिल
१. कोटेसन पेस गर्दा सामग्रीको ब्रान्ड, वारेन्टी, जडान तथा ढुवानी, प्राविधिक लगायतका शुल्कको विवरण अनिवार्य खुलाउनु पर्नेछ ।
२. कोटेसन स्वीकृति पश्चात संस्थाको एकीकृत नमूना कृषि फर्म, मेचीनगर–१४, दुहागढीमा जडान सम्बन्धी सम्पूर्ण कार्य सेवा प्रदायक फर्मको तर्फबाट गर्नु पर्नेछ ।
३. कोटेसन पेस गर्ने अन्तिम मिति २०७८ फागुन २० गते शुक्रबार तोकिएको छ ।
४. कोटेसन संस्थाको काँकरभिट्टास्थित कर्पाेरेट कार्यालय वा संस्थाको इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ ।
५. कोटेसन सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
थप जानकारीका लागिः मो. ९८५२६८९४१८ (आइटी विभाग)
कर्पाेरेट कार्यालय
Comments