Sajhamanch Archive

पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान’ पदक

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by .

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा ऐमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो “मेधावी योगदान” पदक प्राप्त गरेका छन् ।

सोमबार समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा पूर्व प्रधानमन्त्री ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रर्बद्धन मार्फत बालबालिका तथा युवाहरुको सर्बपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको हो ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार “मेधावी योगदान” पदक प्राप्त गर्ने पहिलो नेपाली पूर्वप्रधानमन्त्री ओली बनेका छन् । साथै यसवर्ष उक्त पदक ओलीलाई मात्र प्रदान गरिएको छ ।

दुवैपटक प्रधनमन्त्री हुँदा एमाले अध्यक्ष ओलीले नेपाल स्काउट र यसका गतिबिधिलाई बिशेष चासोको रुपमा लिई, स्काउट अभियानलाई देशैभर विस्तार गर्न नीतिगत तथा आर्थिक हिसाबले सहयोग गरेका थिए ।

नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ । पूर्व प्रधानमन्त्री ओलीले नेपाल स्काउटको संरक्षको रुपमा गरेको योगदान नेपालमा मात्र नभई विश्व स्काउटमै प्रशंसायोग्य रहेको स्काउट सदस्यहरु बताउँछन् ।

प्रधानमन्त्रीकै रुपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै “बालबालिकासँग प्रधानमन्त्री” भन्ने कार्यक्रम शुरुवात गरेका थिए । ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा बिस्तार भएकोछ भने देशका सबै विद्यालयमा स्काउट इकाइ संचालन गर्ने कार्य धमाधम भइरहेको छ ।

यही उपलब्धीलाई ओलीको मुख्य योगदान बताँउदै विश्व स्काउट एशिया प्रशान्त क्षेत्रले “मेधावी योगदान” पदकबाट बिभुषित गरेको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *