नेपाल निजामती कर्मचारी संगठनको ११औं झापा जिल्ला अधिवेशन सम्पन्न
Published: (Updated: )
by .भद्रपुर । आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै नेपाल निजामती कर्मचारी संगठन झापाको ११औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
भद्रपुर १० स्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीमा संगठनका ११औं राष्ट्रिय अधिवेशन आयोजक समितिका संयोजक केदारप्रसाद देवकोटाले अधिवेशनको उद्घाटन गरेका हुन् ।
समारोहमा प्रदेश १ का प्रदेशसभा सदस्य बसन्त बानियाँ, संविधानसभा सदस्य एवम् नेकपा एमाले झापा अध्यक्ष दीपक कार्की, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, नेपाल निजामती कर्मचारी संगठन इलामका अध्यक्ष छविलाल खतिवडा लगायतले मन्तव्य राखेका थिए ।
संगठनका सचिव दीपक सापकोटाले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको समारोहको सञ्चालन उपाध्यक्ष तेजप्रसाद रेग्मी र स्वागत कोषाध्यक्ष मनोज तिम्सिनाले गरेका थिए ।
अधिवेशनमा निर्वाचन प्रक्रियाबाट केदारप्रसाद पोखरेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा हिरन्य न्यौपाने, महिला उपाध्यक्षमा सीता भण्डारी, सचिवमा मनोज तिम्सिना, सह सचिवमा इन्द्रहरि भट्टराई र कोषाध्यक्षमा कृष्णप्रसाद सुवेदी सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिएका छन् ।
यसैगरी सदस्यहरुमा सुरेश गौतम, नगेन्द्र भट्टराई, पूर्णचन्द्र मैनाली, दीपक रेग्मी, राजकुमार न्यौपाने, नरेन्द्र श्रेष्ठ, केदारकुमारी अधिकारी, सुष्मिता मैनाली, जीवनकला राउत, टिना काफ्ले, शारदा घिमिरे, जट्टाशंकर झा, यामकुमार कन्दङवा, रोशन घतानी र लोकबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएको आचार्यले बताए ।
अधिवेशनले संगठनको लेखा परीक्षण आयोगको संयोजकमा सुवासकुमार विक र सदस्यमा रामप्रसाद ढकाल, सुधिर खनाल, खिना तिम्सिना र अरुणा भट्टराईलाई सर्वसम्मत चयन गरेको छ ।
यस्तै राष्ट्रिय अधिवेशनका लागि ९ जना केन्द्रीय प्रतिनिधि र प्रदेश अधिवेशनका लागि १७ जना प्रदेश प्रतिनिधि पनि चयन गरेको निर्वाचन समितिका सदस्य तुलसीप्रसाद भण्डारीले जानकारी दिए ।
Comments