चन्द्रगढीमा काली मन्दिरको उद्घाटन
Published: (Updated: )
by .भद्रपुर । झापा सदरमुकाम चन्द्रगढी बजारमा रहेको काली मन्दिर पुनः र्मिाण सम्पन्न पछि एक कार्यक्रमका बीच आज उद्घाटन गरिएको छ ।
वि. सं २०२१ सालदेखि चन्द्रगढी बजारमा स्थानीयको सहयोगमा निर्माण भई सञ्चालनमा रहेको मन्दिर पुनःनिर्माण गरी उद्घाटन गरिएको हो । मन्दिरको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका हुन् ।
धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक करोड ५० लाख रुपैयाँको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिएका छन् । उनका अनुसार वि.सं. २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरको स्वरूपमा बनाइएको हो ।
मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले २७ लाख रुपैयाँ उपलब्ध गराएको जनाइएको छ । मन्दिर निर्माणका लागि आवश्यक अन्य रकम विभिन्न दाताले आर्थिक सहयोग गरेको मन्दिर निर्माण समितिका कोषाध्यक्ष रमेशकुमार पराजुलीले बताए ।
उनका अनुसार काली, दुर्गा, गणेश, लक्ष्मी, सरस्वतीका ठूला मूर्ति भारतको राजस्थानबाट र सोही अनुरुपका साना मूर्ति भारतको सिलगडीबाट खरिद गरेर ल्याइएको हो । सात लाखको लागतमा मूर्ति खरिद गरेर ल्याइएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मोहन कुमाइ पाण्डेले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, प्रहरी प्रमुख विश्वमणि पोखरेल लगायत विभिन्न दाताहरू, उद्योगी, व्यवसायीको उपस्थिति रहेको थियो ।
Comments