Sajhamanch Archive

कोरोना संक्रमण घट्दै : प्रदेश १ मा १४ जना, नेपालभर १५५ जनामात्र संक्रमित

Published: (Updated: ) in विविधा by .

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १५७ जनाको पीसीआर परीक्षण गर्दा ३ र २६४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीको इटहरी र कोशी गाउँपालिकामा १–१ र मोरङको विराटनगरमा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ८९२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैबीच, नेपालभर पछिल्लो २४ घण्टामा १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टीजेन विधिबाट ५ हजार १५२ जनामा गरिएको परीक्षणमा १५५ जनामा संक्रमण देखिएको शनिबार मन्त्रालयले जनाएको हो ।

पीसीआर विधिबाट २ हजार २३९ जनामा परीक्षण गर्दा १०१ जना र एन्टिजेन विधिबाट २ हजार ९१३ जनामा परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टायता निको हुनेको संख्या ५४० रहेको छ । सोही अवधिमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ ।

अब सक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको छ । २४ घण्टामा १ लाख २९ हजार ११९ जनाले खोप लगाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *