शिलबन्दी दरभाउपत्र (कोटेशन) आह्वान सम्बन्धी सूचना
Published: (Updated: )
by .उर्जाशिल कृषि सहकारी संस्था लि. बिर्तामोड–४, झापाको शिलबन्दी दरभाउपत्र (कोटेशन) आह्वान सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशन मितिः २०७८/११/१
यस उर्जाशिल कृषि सहकारी संस्था लिमिटेडको नाममा साविक हल्दिबारी गाविस वडा नं. ७ हाल हल्दिबारी गाउँपालिका वडा नं. २, झापामा रहेको जमिन कित्ता नं. ९४९ को ज. वि. ०–४–१५, कि. नं. ९४७ को ज. वि. ०–१०–१५ र कि. नं. ९४५ को ज. वि. ०–४–५ गरी जम्मा ज. वि. ०–१९–१५ (उन्नाइस कठ्ठा पन्ध्र धुर) जग्गा बिक्री गर्नुपर्ने भएकोले तपशिल बमोजिमको लिखित शर्तहरुको अधिनमा रही जग्गा खरिद गर्न चाहने व्यक्तिले शिलबन्दी दरभाउ पत्र पेश गर्न हुन आह्वान गरिन्छ ।
शर्तहरुः
(क) यस संस्थाको नाममा दर्ता कायम रहेको माथि उल्लिखित जग्गाको मोल कम्तिमा प्रतिकठ्ठा रु. २,००,०००।– (अक्षरेपी दुई लाख रुपैंयाँमात्र) मा नघट्ने गरी हुनुपर्नेछ ।
(ख) शिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा पेश गर्नुपर्नेछ ।
(ग) यो सूचना प्रकाशित भएको १६औं दिन संस्थामा प्राप्त भएका सबै शिलबन्दी कोटेशनहरु दिनको १ बजे यस कार्यालयमा खोलिनेछ ।
(घ) शिलबन्दी दरभाउ पत्र बुझाउने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सोपछि कार्यालय खुल्ने दिन दिनको १२ बजेसम्ममा शिलबन्दी दरभाउपत्र बुझाउन सकिनेछ ।
(ङ) हुलाक, कुरियर तथा ईमेलबाट पठाएका शिलबन्दी दरभाउ पत्रलाई मान्यता दिइने छैन ।
(च) शिलबन्दी दरभाउ पत्रका साथमा नागरिकताको प्रतिलिपि अनिवार्य राख्नुपर्नेछ ।
(छ) अन्य जानकारीका लागि कार्यालय समयभित्र कार्यालयको टेलिफोन नम्बर ०२३–५९०९६६ मा सम्पर्क गर्न सकिनेछ ।
सम्पर्कः
उर्जाशिल कृषि सहकारी संस्था लि.
बिर्तामोड–४, झापा
Comments