एनएमसी सहकारी पसलको कोटेसन आह्वान
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
कोटेसन आह्वान
प्रथमपटक प्रकाशित मितिः २०७८।११।१८
यस संस्थाद्वारा सञ्चालित एनएमसी सहकारी पसल (Coop Shop) को लागि तपसिल अनुसार सामग्री आवश्यकता भएको हुँदा उपलब्ध गराउन सक्ने सेवा प्रदायक कम्पनी/फर्महरुले आफूले उपलब्ध गराउन सक्ने सामग्रीको माग गरिएको विवरण सहितको खामबन्दी कोटेसन आह्वान गरिन्छ ।
सामानको विवरणः
१. एलइडी मोनिटरः कोपसपहरुको सिसिटिभी क्यामेराको भिडियो डिस्प्ले गर्ने प्रयोजनका लागि कम्तीमा १०८०पी भिडियो डिस्प्ले हुने कम्तीमा ४५ देखि ६० इञ्च साइजको एलइडी मोनिटर
२. एलइडी टेलिभिजनः कोपसपहरुको सिसिटिभी क्यामेराको भिडियो डिस्प्ले गर्ने प्रयोजनका लागि कम्तीमा १०८०पी भिडियो डिस्प्ले हुने कम्तीमा ४५ देखि ६० इञ्च साइजको एलइडी टेलिभिजन
- बुँदा नं. १ र २ मा भएका सामानहरु समग्रमा हाल कुल ७ थान आवश्यक रहेको छ ।
- आवश्यक संख्यामा सामान छनौट गर्दा एलइडी मोनिटरलाई प्राथमिकतामा राखिनेछ ।
- प्रयोगको उपयुक्तताका आधारमा एलइडी टेलिभिजन समेत छनौट गर्न सकिनेछ ।
- कोटेसन पेश गर्ने अन्तिम मिति २०७८ फागुन २३ गते कार्यालय समयसम्म रहनेछ ।
- खामबन्दी कोटेसन पठाउनुपर्ने स्थानः एनएमसी सहकारी पसलको प्रधान कार्यालय बिर्तामोड
- झापा जिल्ला बाहिरबाट कोटेसन पठाउनः [email protected]
थप जानकारीका लागि मो. ९८५२६८९४१७ मा सम्पर्क गर्नसक्नुहुनेछ ।
एनएमसी सहकारी पसल
Comments