Sajhamanch Archive

कनकाई प्याब्सनले गर्यो शैक्षिक व्यक्तित्व सम्मान

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by .

कनकाई । प्याब्सन कनकाई नगर समितिले शैक्षिक व्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शिक्षासेवी चन्द्रप्रसाद मैनालीसहित मरणेपरान्त स्व.गंगाप्रसाद उप्रेती र स्व. लक्ष्मण सुवेदीलाई सम्मान गरिएको हो ।

शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका, तत्कालिन कनकाई मावि सुरुङ्गाका प्रधानाध्यापक चन्द्रप्रसाद मैनालीले सरकारी सेवाबाट अवकास पछि पनि संस्थागत विद्यालय सञ्चालन गरेका थिए । आफ्ना परिवारका सदस्यहरुको सहयोग लिएर संस्थागत विद्यालय सञ्चालन गरेका कारण शैक्षिक क्षेत्रमा थप उर्जा प्राप्त भएको भन्दै नगर प्याव्सनले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी विशेष सम्मान गरेको हो ।

त्यस्तै नगर क्षेत्रमा संस्थागत विद्यालयको पर्यायका रुपमा रहेका सो क्षेत्रका शिक्षासेवी स्व. गंगाप्रसाद उप्रेतीको पहलमा वि. सं. २०३९ सालमा पशुपति अंग्रेजी मावि सञ्चालनमा आएको हो । संस्थागत विद्यालयको रुपमा पशुपति अंग्रेजी माविको स्थापना गरी अंग्रेजी माध्यमको विद्यालय सञ्चालन गर्ने पहिलो व्यक्तिका रुपमा रहेका स्व. उप्रेतीलाई कनकाई प्याव्सनले मरणोपरान्त सम्मान गरेको हो ।

त्यस्तै विभिन्न शैक्षिक संस्थाहरुमा आवद्ध भई शिक्षण पेशामा आफ्नो सम्पूर्ण समय व्यतित गरेका स्व. लक्ष्मण सुवेदीको योगदानलाई नगर प्याव्सनले स्मरण गरेको छ ।

स्थानीय स्तरमा रहेका शैक्षिक संस्थाहरु कनकाई मावि, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, पशुपति अंग्रेजी माविको प्रिन्सिपलको सफल जिम्मेवारीसँगै प्यारागन एकाडेमीको संस्थापक प्रिन्सिपलका रुपमा रहेका सुवेदीको २०७२ को असार १९ गते निधन भएको थियो ।

स्व. सुवेदीले संस्थागत विद्यालयहरुको प्रतिनिधित्व गर्दै प्याब्सनमा संगठनात्मक अभियान तथा २०६४ सालमा प्यारागन एकाडेमीको स्थापना गरी कनकाई नगरको शैक्षिक पहिचान र विकासमा योगदान पुर्याएको नगर प्याव्सनको ठहर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *