बुद्धशान्ति वडा नं. ५ मा राष्ट्रिय युवा संघ गठन
Published:
by .बुद्धशान्ति । राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्ति वडा नं. ५ को प्रथम ऐतिहासिक अधिवेशनले सन्जिब राईको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । संघको उपाध्यक्षमा दिलिप लिम्बू, सचिव डिल्ली भट्टराईसहित २१ सदस्यीय कमिटी गठन भएको हो ।
युवा संघ गाउँ कमिटी अध्यक्ष सुजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका सदस्य तथा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी रहेका थिए ।
सो कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्य लक्ष्मी राई, झापा जिल्ला कमिटी सदस्य तथा बुद्धशान्तिका सहइन्चार्ज टीका पाठक, बुद्धशान्ति गाउँ कमिटीका अध्यक्ष नेत्र रिजाल, सचिब धरणीधर पोख्रेल, सहसचिव तथा युवा फाँट इन्चार्ज गुणराज अर्यालको सहभागितामा संघको गठन गरिएको हो ।
सो कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दिपक बराल, अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज थिरप्रसाद खतिवडा लगायतको सहभागिता थियो ।
कार्यक्रममा स्वागत मन्तब्य आयोजक कमिटीका सदस्य सिर्जना शेर्माले राखेका थिए भने कार्यक्रमको संचालन भाष्कर गड्तौलाले गरेका थिए।
उक्त कार्यक्रमकै बीचमा ४५ जना विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई सांसद गोपालचन्द्र बुढाथोकीले अबिर लगाएर स्वागत गरेका थिए । सो कार्यक्रममा दिपक बराल, मिरा भूर्तेल र सांसद गोपाचन्द्र बुढाथोकीले शुभकामना मन्तब्य राखेका थिए।
Comments