काँग्रेसले माग्यो कचनकवल गाउँपालिकासँग खर्च विवरण माग्यो
Published:
by .कचनकवल । नेपाली काँग्रेस कचनकवल गाउँ समितिले कचनकवल गाउँपालिकाको सेवा प्रवाह पारदर्शी नभएको ठहरसहित निर्वाचित जनप्रतिनिधि नेतृत्वमा आएपछि गरिएका सबै कामको तथ्यगत खर्च विवरण माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
पार्टीका गाउँ सभापति तुलाराम अधिकारीको नेतृत्वमा गएको टोलीले विषयगत विवरणसहित खर्चको यकिन तथ्य माग गर्दै गाउँपालिका प्रमुख अञ्जरा आलमलाई ५ वर्षे आवधिक खर्च विवरणको मागपत्र बुझाएको हो ।
९ वटा बुँदामा राखिएको मागपत्रमा कृषि, पर्यटन, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कोरोना रोकथाम तथा उपचार खर्च, रोजगारी लगायत भौतिक पूर्वाधार विकास निर्माणका लागि गरिएका सबै खर्च र प्राप्त आम्दानीको तथ्यगत विवरण माग गरिएको छ ।
गाउँपालिका नेतृत्वले पारदर्शी खर्च गर्न नसकेको तथा जनताका पक्षमा काम नभएका कारण पटकपटक सचेत गराउँदासमेत अटेर गरेपछि ५ वर्षे खर्च विवरण माग्न बाध्य भएको नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा शिक्षासेवी भूमिप्रसाद राजवंशीले जानकारी दिए ।
पछिल्लो समय गाउँपालिका नेतृत्वले विकासमा समेत विभेद सिर्जना गरी कार्यकर्ता भर्तिकेन्द्र बनाएर गउँपालिकाको आर्थिक दोहन गरिरहेको काँग्रेसको आरोप छ । विभन्न लोभ र लालचमा पार्दै स्थानीयलाई भोट बैंक बनाउन गाउँपालिका नेतृत्व लागिरहेको भन्दै विपक्षी काँग्रेस लगायतका दलहरू विरोध गरिरहेका छन् ।
Comments