Sajhamanch Archive

शिवरात्री कप फुटबलमा रेड डेभिल्स बिजयी

Published: in खेलकुद, प्रदेश तह, स्थानीय तह by .

माईजोगमाई । महाशिवरात्रीको अवसर पारेर इलामको माईजोगमाई गाउँपालिका वडा नं. ६ प्याङ्गमा फागुन १७ बाट सुरुभएको शिवरात्री कप खुल्ला नकआउट फुटबल प्रतियोगितामा रेड डेभिल्स बिजयी भएको छ ।

प्रतियोगिता अन्तरगतको फाइनल खेल फागुन २२ गते सम्पन्न भएको हो । प्याङ्ग खेलकुद विकास समितिको आयोजनामा प्याङ्ग माविको खेल मैदानमा संचालित प्रतियोगितामा माईजोगमाई लगायत विभिन्न २० वटा टिम सामेल थिए ।

फाइनल खेलको पहिलो हाफमा वाङ्गीनका खेलाडी जर्सी नम्बर ४ का निश्चल राईले १ गोल गरेपछि खेल रोमान्चक बनेको थियो । पहिलो हाफमा रेड डेभिल्सले कुनै गोल गर्न सकेन ।

खेलको दोस्रो हाफको १ मिनेटमा रेड डेभिल्सका जर्सी नम्बर ७ का खेलाडी शेखर राईले १ गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । खेलको निर्धारित समयमा बराबरमा खेल सकिएपछि अतिरिक्त समय थप गरेको र पछि समय थप गर्दा पनि खेल बराबरीमा गएपछि खेल ट्राईबेकरमा मोडिएको थियो ।

ट्राईबे्रकरमा दुवै टिमका ५–५ जनाले बल प्रहार गर्दा पनि बराबरी भयो । फेरि १–१ जनाले ट्राईबे्रकरमा गोल प्रहार गर्दा रेड डेभिल्स नयाँबजारले खेलको फाईनल जितेको हो । रेड डेबिल्सका जर्सी नम्बर १२ का खेलाडी शुशिल सुब्बाले प्रहार गरेको गोल नै निर्णायक गोलमा परिणत भएको थियो ।

प्याङ्ग खेलकुद विकास समितिका अध्यक्ष विशाल राईको अध्यक्षतामा फाइनल खेलको समापन कार्यक्रम गरिएको थियो । माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईको प्रमुख आतिथ्यमा विजेता तथा उपविजेता टिकलाई ट्रफी, पदक र पुरस्कार प्रदान गरिएको थियो ।

खेलमा सर्वाधिक गोलकर्ता रेड डेभिल्सका शेखर राई उत्कृष्ठ खेलाडी घोषित भए भने श्रीजङ्गा समाज प्याङका जोसेफ राई उत्कृष्ट डिफेन्डर घोषित भए । यस्तै, वाङ्गीनका सौरभ कार्की उत्कृष्ठ गोल रक्षक बने ।

प्रतियोगिताको प्रमुख निर्णायक धनजित मुखिया, सहायक निर्णायक मन्जीत तामाङ र नविन ढुङ्गाना रहेका थिए । त्यसैगरी फोर्थ अपिसियलमा दिपमणि थेवे रहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *