गजल
Published:
by .

विदेश हैन अब दाजु गाउँमै राँगा नार्नु पर्छ
सहरिया हाम्रो बसाइ आजै गाउँमा सार्नुपर्छ ।
सुन्दर अनि हरियाली प्रकृतिको स्वर्णिम ठाउँमा
दुई माउ भैंसी गोठमा पाली घरमै नौनी खार्नुपर्छ ।
भोकमरी र अनिकालमा सारा विश्व डुब्दै गर्दा
खेतमा अन्न उब्जाउ गरी हाम्रो छाक टार्नुपर्छ ।
कोरोना र भ्रष्टाचारले खच्किएको अर्थतन्त्र
विदेश बस्तु निर्यात गरी गाउँमै डलर झार्नुपर्छ ।
हिजो सम्पत्ती र सुख खोज्ने आशै आशमा
उजाडिएका गाउँ बस्ती अब उर्वर पार्नुपर्छ ।
आठराई, तेह्रथुम हाल झापा।
Comments