Sajhamanch Archive

सातजना प्रजातान्त्रिक नेतृहरु झापामा सम्मानित

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

विर्तामोड । ११२औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रजातान्त्रिक आन्दोलनका अग्रणी महिला नेतृहरुलाई आज झापामा सम्मान गरिएको छ ।

नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर–२ को आयोजनामा सम्पन्न कार्यक्रममा राणा शासनको अन्त्य, तत्कालीन राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित सरकारलाई अपदस्त गरी एकदलीय तानाशाह लादेपछि प्रजातान्त्रिक समाजवाद, बहुदलीय ब्यवस्था र वाक एवं अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्ष गरेका सात जना महिला नेतृहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा धर्मकला प्रसाई, दिब्या प्रसाई, यज्ञकुमारी सिटौला, उमा पोखरेल, पद्मा बजगाई, मिठु ढकाल र निर्जला बन हुन् ।

सम्मानित अधिकांस नेतृहरुले निर्दलीय शासन ब्यवस्थाका बेला कांग्रेसले सञ्चालन गरेको प्रजातान्त्रिक समाजवादी आन्दोलनमा लागेकै कारण जेल, नेल, यातना, निर्वासन एवं सर्वस्वहरणसम्म भोगेका थिए ।

सम्मानित ब्यक्तित्वहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला संग्रौला, पूर्वमन्त्री उदयशमशेर राणा, नेपाली कांग्रेस १ नं प्रदेश सभापति उद्वव थापा, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्लीप्रसाद सिटौला, झापा सभापति देउमान थेवे, सचिव कृष्ण हुमागाई, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *