पशुपति आधारभूत विद्यालयलाई ६०० मास्क प्रदान
Published:
by .भद्रपुर । सेवा निवृत्त कर्मचारी समाज झापाले भद्रपुर ९ स्थित पशुपति आधारभूत विद्यालयका विद्यार्थीका लागि ६०० थान मास्क प्रदान गरेको छ ।
कोरोना संक्रमण टरिनसकेकोले रोग सर्नबाट जोगाउन समाजले विद्यालयका प्रधानाध्यापक टिका पोखरेलको रोहवरमा बाल क्लबका अध्यक्ष निकिता राजवंशीलाई उक्त संख्याको मास्क आज हस्तान्तरण गरेको हो ।
हिन्दू स्वयमसेवक नेपाल र सेवा इन्टरप्राइजेजको संयोजनमा प्राप्त गरिएको मास्क समाजले सामुदायिक विद्यालयको छनोट गर्ने क्रममा आदिवासी विद्यार्थीको उल्लेख्य संख्या रहेको सो विद्यालयमा अध्ययनरत छात्रछात्राका लागि प्रदान गरिएको समाजका अध्यक्ष धनप्रसाद शिवाकोटीले जानकारी दिए ।
समाजका सचिव चेतनाथ भट्टराईले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिका पोखरेलले धन्यवाद मन्तव्य राखेकी थिइन् ।
Comments