Sajhamanch Archive

बिर्तामोडका वडाध्यक्ष लिङ्देनलाई पितृशोक

Published: in समाज, स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई पितृशोक परेको छ ।

उनका पिता भिमबहादुर लिङ्देनको आज चैत १ गते बिहान ७ बजे पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. १ मा रहेको निजी निवासमा ८७ वर्षको उमेरमा निधन भएको हो । सामाजिक सञ्जालहरुमा उनको निधनप्रति शोक व्यक्त गर्दै धेरै श्रद्धाञ्जली तथा समवेदनाहरु पोष्ट गरिएका छन् ।

पिता भिमबहादुरको निधनमा आफू अझै विश्वसनीय नरहेको उल्लेख गर्दै वडाध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुवा साँच्चै हामीलाई सुटुक्क छाडेर सदाका लागि उनै तागेरा निङवाफु माङको काखमा लिन भएकै हो त ? मलाई त पटक्कै विश्वास छैन । बाटोमा छु, अमरपुर घर जाँदैछु ।’

स्वर्गीय भीमबहादुरका छोराहरु वडाध्यक्ष राजेन्द्रसहित साविक अमरपुर गाविसका अध्यक्ष भवानीप्रसाद लिङ्देन र व्यवसायी धनबहादुर लिङ्देन रहेका छन् ।

साझामञ्च डटकम परिवार स्वर्गीय लिङ्देनको आत्माको चीर शान्तिको कामना गर्दै वडाध्यक्षको परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *