मेचीका होटल व्यावसायीलाई नै थाहा छैन, कस्तो गतिविधिलाई यौनजन्य क्रियाकलाप मान्ने !
Published:
by .दमक । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्यका साथ आज ३९औं विश्व पर्यटन दिवस मुलुकभित्रका पर्यटकीय क्षेत्र चिनाउने विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
होटल व्यवसायी संघ क्षेत्रीय समिति माई पश्चिम झापाले मेची करिडोर स्तिरीय होटल तथा पर्यटन व्यावसायीबीच दमकमा अन्तरक्रिया गरेर दिवसको पालना गरेको छ ।
कार्यक्रममा मेची करिडोर अन्तरगतका चारवटै जिल्लाका होटल तथा पर्यटन व्यवसायीले आफ्ना धारण राखेका थिए ।
होटल व्यावसायी संघ ताप्लेजुङ्गका अध्यक्ष दिनेश खबास, पाँचथरका अध्यक्ष नरेन्द्र थाम्सुहाङ, इलामका अध्यक्ष डिबी पौडेल र झापाका अध्यक्ष भोलानाथ उप्रेतीले होटल तथा पर्यटन व्यवसायका विषयमा आ–आफ्नो क्षेत्रमा देखिएका समस्या र चुनौतिका बारेमा बोलेका थिए ।
व्यावसायीबीच व्यावसायिक सम्बन्ध स्थापित गर्ने, अन्तरजिल्ला व्यापार प्रवद्र्धनका लागि समन्वय गर्ने, स्थानीय तथा प्रदेश सरकारसँग सम्बन्ध विस्तार गर्ने आजको कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।
होटल व्यावसायी संघ क्षेत्रीय समिति माई पश्चिम झापाका अध्यक्ष राजन दंगालले दिएको जानकारीअनुसार कार्यक्रममा विकृति र विसंगतिका बारेमा छलफल भएको थियो ।
यस्तै, अनुगमनको मापदण्ड तयार पार्ने, साँझमा कति बजे होटल बन्द गर्ने भन्ने मापदण्ड निर्धारण गर्ने, कस्तो गतिविधि यौनजन्य हुने ! कस्तोलाई यौनजन्य क्रियाकलाप मान्नुपर्ने ! का बारेमा परिभाषित गर्ने तथा यसको निश्चितता गरिनुपर्ने आवश्यकताका बारेमा अन्तरक्रिया भएको थियो ।
होटल व्यावसायी संघ क्षेत्रीय समिति माई पश्चिम झापाका अध्यक्ष राजन दंगालको अध्यक्षतामा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रदेश १ का पर्यटन सचिव बद्रीराज ढुङ्गाना, नेपाल पर्यटन बोर्डका अधिकृत कुन्दन शर्मा लगायतले आफ्ना धारणा राखेका थिए ।
Comments