नेपाल बुद्धिजीवी परिषद् झापामा नयाँ नेतृत्व चयन
Published:
by .झापा । नेपाल बुद्धिजीवी परिषद् झापाको दशौं अधिवेशन आज कोहेड कलेज बिर्तामोडमा सम्पन्न गरिएको छ ।
परिषद्का जिल्ला अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता तथा परिषद्का केन्द्रीय सदस्य कमलप्रसाद वस्तीको प्रमुख आतिथ्य तथा नेकपा (एमाले) झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीको विशेष आतिथ्यमा अधिवेशन सम्पन्न गरिएको हो ।
परिषदका केन्द्रीय सल्लाहकार प्रा.डा. बद्रीविशाल पोख्रेल, मेची बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख उमानाथ ओली, चित्रबहादुर श्रेष्ठ, कमल गुरागाई, परिषद्का पूर्वअध्यक्ष उत्तमप्रसाद भट्टराई, मदन भण्डारी स्मृति प्रतिष्ठान कार्य समिति सदस्य खोदनाथ चापागाईं, एमाले जिल्ला कमिटी सदस्य दुर्गा काफ्ले लगायतको आतिथ्यमा अधिवेशन समुद्घाटन कार्यक्रम गरिएको थियो ।
उद्घाटनका अवसरमा दुर्गा काफ्ले, उत्तमप्रसाद भट्टराई, चित्रबहादुर श्रेष्ठ, उमानाथ ओली, बद्रीवि़शाल पोख्रेल, दीपक कार्की र कमल वस्तीले शुभकामना मन्तव्यसहित आफ्ना विचार राखेका थिए ।
अधिवेशनको सञ्चालन परिषदका सचिव जीवन गुरुङले गरेका थिए भने केदार रिमालले शाब्दिक स्वागत गरेका थिए ।
उमानाथ ओली, कमल गुरागाई, खोदनाथ चापागाई, दुर्गा काफ्ले र मीना अधिकारी रहेको पाँच सदस्यीय अध्यक्ष मण्डलले बन्द सत्रमा निर्वाचनका कार्यक्रम अघिसार्दै नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।
निवर्तमान अध्यक्ष लीलाप्रसाद अधिकारीले दिएको जानकारी अनुसार गजेन्द्र आचार्यलाई अधिवेशनले अध्यक्षमा चयन गरेको छ । यस्तै गीता कुँवरलाई उपाध्यक्षमा, डा. राजेन्द्र अधिकारीलाई सचिवमा, तुलसीप्रसाद निरौलालाई सहसचिवमा र कमला उप्रेती आचार्यलाई कोषाध्यक्षमा चयन गरिएको छ ।
नयाँ कार्यसमितिमा लीलाप्रसाद अधिकारी पदेन सदस्य रहेका छन् भने कार्यसमितिका सदस्यहरूमा इन्द्र प्रसाईं, उमानाथ अधिकारी, मानबहादुर घिमिरे, कविता पौडेल, दीपक निरौला, तारादेवी बाराकोटी, कर्णबहादुर डाँगी र प्रेमराज घिमिरे चयन भएका छन् ।
Comments