Sajhamanch Archive

गरामनीमा व्यक्तित्व विकास तथा माइन्युट लेखन तालिम सुरु

Published: in शिक्षा, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ८ मा आजदेखि ४ दिवसीय व्यक्तित्व विकास तथा माइन्युट लेखन तालिम सुरु भएको छ ।

१५ वटा टोल विकास संस्थाहरु रहेको वडा नं. ८ का करिब ४० जनाको सहभागितामा सञ्चालित उक्त तालिममा सहभागीहरुले औपचारिक कार्यक्रममा बोल्ने, कार्यक्रम सञ्चालन गर्ने एवम् माइन्युट लेख्ने सीप सिक्ने लक्ष्य लिएको जनाइएको छ ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सुरु भएको तालिम उद्घाटन पछि मन्तब्य राख्दै उनले आँखाले देखिने कुराहरुमात्र विकास नभई आफूमा अन्तरनिहित क्षमता प्रष्फुटन गर्नु पनि विकास नै हुने बताइन् ।

‘पूल, कल्भर्ट, बाटो बन्नु, गाउँघरमा बिजुली पुग्नु मात्रै विकास होइन’ नगर उपप्रमुख प्रसाईले भनिन्, ‘आँखाले नदेखिने जीवन रुपान्तरणका यस्ता अथाह ज्ञानका भण्डारहरु पनि विकास कै सूचक हुन् ।’

उक्त तालिम उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले ब्यक्तिभित्र अन्तरनिहीत क्षमता उजागर गर्नु नै व्यक्तित्व विकास भएको बताए ।

नेकपा एमाले झापा जिल्ला कमिटीका सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख काफ्लेले कुनै पनि कमिटीको माइन्युट लेखनमा एकरुपमा नहुनु, कसैको निधनमा तयार गरिने समवेदना पत्र भद्धा किसिमको हुनु आदि ज्ञानको कमीले भइरहेकाले तालिमबाटै यसको निराकरण गर्नुपर्ने सुझाव दिए ।

नेकपा एमाले ८ नं. वडा कमिटीका अध्यक्ष विष्णु भट्टराईको अध्यक्षता तथा उनले नै तालिमको औचित्य प्रकाश पारेको उद्घाटन कार्यक्रमको सञ्चालन युवराज गौतमले गरेका थिए ।

चार दिवसीय तालिमको समन्वय समय सञ्जाल मिडियाले गरेको हो । उक्त तालिममा सरोज पौडेल, भीमा शिवाकोटी, सन्तोष आचार्यले सहजीकरण गर्ने तयारी भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *