Sajhamanch Archive

अन्धुवा पूलमा अर्को फलामे पूल बनाइँदै

Published: (Updated: ) in समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित श्रीकृष्ण टोल र पाथीभरा सिने प्लाजा टोल जोड्ने गरी अन्धुुवा खोलामा पूल निर्माण गरिने भएको छ ।

खोला वारीपारी गर्न समस्या भोग्दै आएका सो क्षेत्रका बासिन्दाको माग अनुसार फलामे पूल निर्माण गर्न लागिएको हो । आज सोमबार तत्कालीन संविधानसभाका सदस्य मनकुमार गौतम, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई र वडा नम्बर १ का वडाध्यक्ष अग्नि पाण्डेले संयुक्तरुपमा धार्मिक विधिअनुसार फलामे पूलको शिलान्यास गरेका हुन् ।

बिर्तामोड नगरपालिकाको १५ लाख रुपैयाँ र उपभोक्ता समितिको लागत सहभागिता तीन लाख गरी १८ लाख रुपैयाँको बजेटमा उक्त पूल बनाइने भएको उपभोक्ता समितिका अध्यक्ष विनोद शाहले जानकारी दिएका छन् ।

चार पाङ्ग्रे साना सवारी साधन आवत जावत गर्न मिल्नेगरी निर्माण गरिने सो पूलको लम्बाई करिब ४० फुट रहने छ । सो पूल आजको ३० दिन भित्रमा निर्माण सम्पन्न गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष शाहको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *