क्लिन झापाद्वारा भद्रपुरमा सरसफाई सचेतना कार्यक्रमलाई निरन्तरता
Published:
by .भद्रपुर । सरसफाई तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले भद्रपुर नगरपालिकामा सरसफाई सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ ।
गतवर्ष भद्रपुरको केही वडामा कार्यक्रम गरिएपछि कोरोना भाइरसको तेस्रो लहरका कारण रोकिएको कार्यक्रमलाई आज सोमबारदेखि निरन्तरता दिइएको क्लिन झापाका सचिव तथा सरसफाई योद्धा रुद्रबहादुर न्यौपानेले जानकारी दिएका छन् ।
सोमबार भद्रपुर वडा नं १० अन्तर्गत कलबलगुरीमा सचेतना कार्यक्रम गरिएको छ । क्लिन झापाका अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा १० नं वडा सदस्य तुलसीप्रसाद पोखरेलले कार्यक्रम उद्घाटन गरेका थिए ।
‘दुषित खानेपानी तथा फोहोरजन्य रोगहरु र पूर्ण सरसफाइमा समुदायको भूमिका’ विषयक अन्तरक्रियात्मक सो कार्यक्रममा सचिव न्यौपानेले ‘सरसफाई र स्वच्छताको अवधारणा’ र ‘पूर्ण सरसफाइ’ तथा अध्यक्ष उपाध्यायले खानेपानी तथा फोहोरमैला व्यवस्थापन विषयमा प्रस्तुति दिएका थिए ।
भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित सचेतना कार्यक्रम भद्रपुरका अझै ११ स्थानमा सञ्चालनमा गरिने सचिव न्यौपानेले जनाएका छन् ।
Comments