भोलि बुधबारदेखि दमक गोल्डकप हुँदै
Published:
by .दमक । भोलिदेखि सुरु हुने दमक गोल्डकपको अन्तिम तयारी पूरा भएको दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले जनाएको छ । दमक नगरपालिका वडा नं. ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा प्रतियोगिता सञ्चालन गरिोछ ।
प्रतियोगितामा चार विदेशी टोलीसहित १० टिमको सहभागिता रहनेछ । साविक विजेता नेपाल पुलिस क्बल, त्रिभुवन अर्मी फुटबल क्लब, मनाङ मस्र्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जेलिङ, दुर्गापुर सन्डे क्बल कोलकाता, एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहने प्रतियोगिताका संयोजक मोहन मगरले जानकारी दिएका छन् ।
भोलिको उद्घाटन खेल आयोजक दमक–११ र बागमती युवा क्लब सर्लाहीबीच हुनेछ भने फाइनल खेल १८ चैतमा हुनेछ । प्रतियोगिताका लागि मैदान सम्याउने, प्यारापिट निर्माण लगायतको काम सकिएको दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईले जानकारी दिएका छन् ।
पाँच हजारदेखि सात हजार दर्शक आँट्ने प्यारापिट निर्माण गरिएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश सांसद अर्जुन राईले गर्नेछन् भने समापन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको अध्यक्ष चम्लागाईंले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चम्लागाईंले जानकारी दिए ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद २१–२१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
Comments