Sajhamanch Archive

हिंसा भड्काउने जो कोहीलाई कारबाही हुन्छ : मन्त्री कार्की

Published: in प्रदेश तह, राजनीति, समाज by .

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले हिंसा भड्काउने जो कोहीलाई कानूनी दायरामा ल्याइने बताएका छन् । लेटाङ घटनाका बारेमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले प्रहरी जवानको परिवारलाई न्याय दिलाउने पनि आश्वासन दिए ।

आइतबार स्थानीय विद्यालयका शिक्षकले विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको विरोधमा भएको झडपका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । मन्त्री कार्कीले समाजलाई आक्रोशित र आतङ्कित बनाउने तत्वहरूले सरकारलाई गम्भीर बनाएको पनि बताए ।

‘हिंसा भड्काउने, हिंसा बढाउने, हिंसा बढाउन उकास्ने जो कोही पनि कानूनी दायरामा आउँछन्’ मन्त्री कार्कीले थपेका छन्, ‘अनुसन्धानको क्रम जारी छ सफल अनुसन्धान हामी गछौं ।’

मन्त्री कार्कीले आज मङ्गलबार कोसी तथा नोबेल अस्पतालमा पुगेर घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पनि लिएका छन् ।

बिरामीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै मन्त्री कार्कीले घाइतेको उपचारमा सम्बन्धमा विशेष ख्याल गर्न चिकित्सकलाई निर्देशन पनि दिएका उनको सचिवालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *