Sajhamanch Archive

बिर्तामोडका धार्मिक विद्यालयमा ६० जना विद्यार्थीलाई पोशाक

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by .

बिर्तामोड । आज मंगलबार बिर्तामोडका दुईवटा धार्मिक विद्यालयका विद्यार्थीहरुलाई नगरपालिकाले पोशाक वितरण गरेको छ ।

बिर्तामोड २ मा रहेको साङ्गवेद संस्कृत विद्याश्रमका ३१ जना  र बिर्तामोड ६ मा रहेको हरिहर आश्रमका २९ जना विद्यार्थीहरुलाई गुरुकुलीय पोशाक कमिज सुरुवाल प्रदान गरिएको हो । संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले विद्यार्थीलाई कपडा प्रदान गरेका हुन् ।

सो कार्यक्रममा बिर्तामोडका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शिक्षा शाखा अधिकृत केशर खवाससहित विद्याश्रम व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति थियो ।

बिर्तामोड नगरपालिकाले यसअघि १७ वटा सामुदायिक विद्यालयका तीन हजार ४६१ जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरिसकेको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि नगरपालिकाले पोशाक वितरण गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *