Sajhamanch Archive

झापामा यातायात व्यावसायीहरुको नयाँ संगठन स्थापना

Published: in अर्थतन्त्र, समाज by .

कनकाई । झापाको ठेगानामा दर्ता भई सञ्चालित यातायात प्रालिका अध्यक्षहरुको आज कनकाईको सुरुङ्गामा भएको भेलाले झापा संयुक्त यातायात व्यवस्थापन समिति गठन गरेको छ ।

मेची यातायात एण्ड अटो प्रालिको प्र्रधान कार्यालय सुरुङ्गामा बसेको भेलाबाट पूर्वी बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको संयोजकत्वमा संयुक्त यातायात व्यवस्थापन समिति गठन गरेको हो । समितिको सह–संयोजकमा मेची यातायात एण्ड अटो प्रालिका केशवबहादुर थापा र सचिवमा पूर्वी हिमाल यातायात प्रालिका अध्यक्ष हेमराज दाहाल रहेका छन् ।

नयाँ संस्थाको सदस्यहरुमा झापामा क्रियाशील सबै यातायात प्रालिका अध्यक्षहरुलाई राखिएको व्यवसायी रमेश शिवाकोटीले जनाएका छन् । संयुक्त यातायात व्यवस्थापन समितिले पूर्व क्षेत्रमा गुड्ने यात्रुबाहक बसमा लिइने भाडामा एकरुपकता कायम गर्ने प्रारम्भिक अभ्यास गर्ने जनाइएको छ ।

यस्तै, यात्रु तानातानको विकृतिलाई अन्त्य गर्दै यात्रुलाई हुने सास्तीको अन्त्य गर्ने तथा सबै क्षेत्रमा राखिएका जथाभावी बुकिङ्ग काउण्टरलाई हटाएर आधिकारिक काउण्टरबाट मात्रै टिकट काट्ने प्रबन्ध मिलाइने तय भएको छ । यसका लागि जिल्ला प्र्रशासन कार्यालयसँग समन्वय गरिने समितिका सहसंयोजक थापाले जानकारी दिएका छन् ।

रातो प्लेटका निजी सवारी साधनले यात्रु बोक्न नपाउने तथा हायस गाडीले राति मान्छे बोक्न नपाउने नियम रहँदा रहँदै नियम विपरित कार्य हुँदै आएकोमा अब यातायात व्यवसायीको पहलमा क्रमशः नियमको पालना गराउँदै लगिने प्रतिवद्धता गरिएको छ । यसका लागि उचित नियमन गर्नका लागि सबैले पहल गर्ने निर्णय पनि भेलाले गरेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *