Sajhamanch Archive

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

 

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/१२/११

जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं. २ बस्ने इन्द्रमाया ढुंगाना (सदस्य नं. ३०३७७) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको मिति २०७८/५/२८ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बिर्तामोड बस्ने निजका छोराहरु टिकाराम ढुंगाना, सोमनाथ ढुंगाना र रामप्रसाद ढुंगानाले आफ्नो आमाको नाममा संस्थामा मौज्दात सेयर नामसारी र बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८/११/१३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता तथा सेयर नामसारी गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी बिर्तामोड कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *