रवीन्द्र मिश्रलाई कारबाही गर्न केन्द्रीय सदस्यहरू निर्वाचन आयोगमा
Published:
by .काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्न सोही पार्टीका बहुमत केन्द्रीय सदस्यहरू हस्ताक्षरसहित निर्वाचन आयोग गएका छन् ।
पार्टीको हिजो आइतबार बसेको केन्द्रीय समितिको बैठकमा रवीन्द्र मिश्रले एकलौटी निर्णय गर्दै २६ जनाको कारबाही सदर गरेसँगै पार्टीमा उत्पन्न विवादलाई निर्वाचन आयोगमा पुर्याउन लागिएको हो ।
आज सोमबार बिहान ९ बजे केन्द्रीय सदस्यहरुको बैठक बसेर रवीन्द्र मिश्रलाई कारवाही गर्ने तयारी थालिने बताइएको छ । राप्रपासँगको एकीकरणको विषयले अहिले पार्टीमा उग्र रुप लिएको छ । रवीन्द्र मिश्रले पार्टीमा विचारभन्दा देश भन्ने दस्तावेज ल्याएदेखिनै पार्टीमा विवाद छ ।
पार्टीमा विवाद आएदेखि नै मिलन पाण्डे, केशव दाहाल, रन्जु दर्शना, पुकार बम, रमेश पौड्याल लगायत मुख्य नेता मिलन पाण्डेको पक्षमा उभिँदै रवीन्द्र मिश्रको विचारसँग असहमति राख्दै पार्टीको मर्म अनुसार उभिएका छन् ।
तर, अहिले रवीन्द्र मिश्रले साथ लिएका केही नेताहरुसँगको आन्तरिक भागबण्डा नमिलेपछि विवाद उत्पन्न भएको मिश्र पक्षका नेताहरुको दाबी छ । गण्डकी प्रदेशमा सुशीला केसी अधिकारीलाई र प्रदेश दुईमा धनपति महतोलाई रवीन्द्र मिश्रले नियुक्त गरेसँगै पार्टीमा विवाद आएको हो ।
Comments