हकदावी सम्बन्धी एनएमसी शनिश्चरे सेवा केन्द्रको १५ दिने सार्वजनिक सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/१२/१५
जिल्ला झापा अर्जुनधारा–५ बस्ने चेतबहादुर गिरी (सदस्य नं. २९५७८) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको मिति २०७८/९/२९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा बस्ने निजकी श्रीमती उमादेवी गिरीले आफ्ना श्रीमानको नाममा संस्थामा मौज्दात रहेको सेयर नामसारी र बचत रकम फिर्ता गरी पाऊँ भनी यस सेवा केन्द्रमा मिति २०७८/११/३० गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता तथा सेयर नामसारी गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी शनिश्चरे सेवा केन्द्र
Comments