Sajhamanch Archive

पूर्वाञ्चल एकता बहुउद्देश्यीय सेवा बिर्तामोडको संयोजनमा ९६ घण्टे प्लम्बर तालिम सुरु

Published: in अर्थतन्त्र, शिक्षा, समाज by .

बिर्तामोड । पूर्वाञ्चल एकता बहुउद्देश्यीय सेवा प्रालि बिर्तामोडको संयोजनमा आजदेखि यहाँ ९६ घण्टाको हाउसहोल्ड प्लम्बर मेकानिक तालिम सुरु गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) र दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इएनएसएसयुआरई– इन्स्युर)को वित्तीय सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो ।

मनमोहन स्मृति पोलिटेक्निक मोरङले सञ्चालन गरेको निशुल्क तालिममा २० जना प्लम्बरहरुको सहभागिता रहेको छ । सो तालिमको आज बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौलाले उद्घाटन गरिदिएका हुन् । तालिमको सहजीकरण रोशन घिमिरेले गर्ने जनाइएको छ ।

तालिम संयोजन गर्ने संस्था पूर्वाञ्चल एकता बहुउद्देश्यीय सेवा प्रालि बिर्तामोडका सचिव राकेशकुमार सिंहले तालिमको आवश्यकता र औचित्य बारेमा प्रकाश पार्दै सीपयुक्त जनशक्ति उत्पादन गर्नु पहिलो प्राथमिकता भएको जनाएका थिए ।

पूर्वाञ्चल एकता बहुउद्देश्यीय सेवा प्रालि बिर्तामोडका अध्यक्ष कर्मासिंह तामाङको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा सहभागीहरुलाई कोषाध्यक्ष रमा घिमिरे सापकोटाले शाब्दिक स्वागत गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *