हकदावी सम्बन्धी एनएमसी भद्रपुर कार्यालयको १५ दिने सार्वजनिक सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/१२/१७
जिल्ला झापा भद्रपुर–४ बस्ने स्व. हर्कबहादुर गुरुङ (सदस्य नं. २३१०६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल माघ ९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–४ बस्ने निजका छोरा दिपक गुरुङले आफ्नो बाबुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल फागुन ११ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी भद्रपुर कार्यालय
Comments