Sajhamanch Archive

भद्रपुरको गार्मेन्ट चोकमा थपियो प्रहरी बिट

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

भद्रपुर । झापाको सदरमुकाम भद्रपुुर नगरपालिकाको वडा नं ७ मा अस्थायी प्रहरी बिट स्थापना गरिएको छ ।

भद्रपुर नगरक्षेत्रमा पछिल्लो समयमा चोरी–लुटपाटका घटना बढ्दै गएकोले नगरबासीलाई सुरक्षको प्रत्याभूति गराउन ७ नं वडा कार्यालयनजिकै गार्मेन्ट चोकमा शुक्रबारदेखि प्रहरी बिट राखिएको हो ।

सो बिटको एक कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरे । जिल्ला प्रहरी कार्यालय मातहत रहने प्रहरी बिट स्थापनापछि वडाको शान्ति–सुरक्षा मजबुत हुने आशा वडाबासीले गरेका छन् ।

पछिल्लो समयमा महिला हिंसा तथा बलात्कारसहित विभिन्न आपराधिक क्रियाकलापका घटना बढेसँगै त्यस्ता घटना नियन्त्रणका लागि वडा प्रहरी कार्यालयको सहकार्यमा वडा कार्यालयले अस्थायी प्रहरी बिट स्थापना गरेको वडाध्यक्ष विनोद पाखरेलले जानकारी दिए ।

बिटमा एकजना प्रहरी हवल्दार र एकजना प्रहरी जवान रहने वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।
बिट उद्घाटन कार्यक्रममा झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षकलाई वडाध्यक्ष पोखरेलले बिटको चाबी हस्तान्तरण गरे । प्रहरी उपरीक्षक ढकालले नगरभित्र शान्ति–सुरक्षा कायम राख्न सबै नगरबासीको साथ–सहयोग आवश्यक रहेको बताए ।

नगरकार्यपालिका सदस्य मित्रा भट्टराईले स्वागत र वडा सचिव मुरारी पोखरेलले सञ्चालन गरेको कार्यक्रममा नगरपालिकाका उपप्रमुख चन्द्रामाया श्रेष्ठ, पूर्व सांसद पुष्प पाखरेल, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाललगायतले बिटलाई स्थायी रुपमा सञ्चालन गर्न र साधन–स्रोतयुक्त तुल्याउनुपर्नेमा जोड दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *