आचारसंहिताबारे निर्वाचन आयोगको बैठकमै नाराबाजी
Published:
by .काठमाडौं । निर्वाचन आचारसंहिता कार्यान्वयन बारे छलफल गर्न आयोगले कार्यकक्षमा बोलाएको बैठकमा आज नाराबाजी भएको छ।
आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएको भन्दै सना दलका नेताहरुले विरोध जनाएका हुन्।
आयोगले आज आचारसंहिताबारे छलफल गर्न ७९ दललाई बोलाएको थियो।
आचारसंहिताबारे छलफल नगरी हस्ताक्षर गर्न आयोगले दबाब दिएको नेपाली जनता दलका अध्यक्ष हरिचरण शाहले बताए।
‘ल्याप्चे मात्र लगाउने भए पत्र घरघरमा पठाएको भए हुन्थ्यो’ उनले रोश प्रकट गर्दै भने, ‘दलका अध्यक्षलाई बोल्न नदिने भए छलफलमा किन बोलाउने ?’
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले हेलिकोप्टर प्रयोगको बारेमा प्रश्न उठाएका थिए।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विवाद नगर्न आग्रह गरे पनि साना दलका नेताहरुले आयोगले सिन्डिकेट लगाएको भन्दै विरोध गरेका थिए।
Comments