हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/१२/२३
जिल्ला झापा बिर्तामोड ८ बस्ने स्व. कुलमान श्रेष्ठ (सदस्य नं. ९३३२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल फागुन ९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बिर्तामोड ८ बस्ने निजकी श्रीमती धनमाया श्रेष्ठले आफ्नो श्रीमान्को नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल चैत्र ३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी चन्द्रगढी कार्यालय
Comments