राजदूतमा क–कसको नाम सिफरिस भयो ?
Published:
by .काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।
आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिक व्यक्ति गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ चीनका लागि नेपाली राजदूतमा सिफारिसमा परेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीको कोटामा रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि केशवराज पोखरेल, मलेसियाका लागि डिल्ली पौडेल सिफारिस भएका ती मन्त्रीले जानकारी दिए ।
दक्षिण अफ्रिकाका लागि रामबहादुर बम्जन तामाङ, ओमानका लागि शर्मिला पराजुली, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, जापानका लागि दुर्गाबहादुर सुवेदी राजदूत सिफारिस भएको उनको भनाई छ ।
राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ हुनेछ र त्यहाँबाट नाम अनुमोदन भएमा सम्बन्धित देशको सहमति आएपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।
Comments