राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित
Published:
by .काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको थियो । विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशन सम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेकाले गभर्नरबारे अध्ययन गर्न मन्त्रीहरुको अनौपचारिक टिम नै बनेको थियो । त्यो टोलीमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनादर्न शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ थिए ।
त्यसको भोलिपल्ट शुक्रबार गभर्नर अधिकारीलाई निलम्बनको पत्र थमाइएको छ । उनीमाथि लागेको आरोपबारे छानविन गर्न पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको छ । समितिलाई अधिकारीमाथि लागेको आरोपबारे छानबिन गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
नेकपा एमाले नेतृत्वको सरकारले गरेका नियुक्तिहरुलाई खारेज गर्दै गठबन्धनका मान्छे राख्ने वर्तमान सरकारको नीति नै रहेकाले गभर्नर अधिकारीलाई निलम्बनको निर्णय गर्नु खासै अनौठो नहुने एक नेताले बताएका छन् ।
Comments