आइतबार रामनवमी पर्वको अवसरमा सार्वजनिक विदा
Published:
by .काठमाडौं । सरकारले रामनवमीको अवसरमा चैत २७ गते आइतबार एक दिन सार्वजनिक विदा दिएको छ ।
बिहीबार बसेको मनित्रपरिषद्को निर्णय पछि गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी रामनवमीको अवसरमा भोलि आइतबार देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख छ ।
पूर्ववर्ती सरकारहरुले पर्व विदालाई आफू खुशी कटौती गरेकाले एकमुष्ट जानकारी नहुँदा पछिल्लो समयमा मन्त्रिपरिषद्ले नै विदाको निर्णय गर्नुपरेको जनाइएको छ ।
Comments