देवी पाञ्चायन काली मन्दिरलाई साउण्ड सिस्टम र घण्टी प्रदान
Published:
by .बिर्तामोड । समाजसेवी व्यवसायी श्याम प्रसाई (एसपी)ले झापाको बिर्तामोड ९ स्थित नडियाबाडीमा रहेको देवी पाञ्चायन काली मन्दिरलाई एकथान साउण्ड सिस्टम प्रदान गरेका छन् ।
व्यवसायी प्रसाईले आफ्ना स्व. बुबा बिष्णुप्रसाद प्रसाईको स्मृतिमा आज आइतबार मन्दिरलाई २५ हजार ९९९ रुपैंया मूल्यको साउण्ड सिस्टम प्रदान गरेका हुन् । उनी नेपाल ढुवानी व्यवसायी महासंघको केन्द्रीय सदस्य, मेची ट्रान्सपोर्ट एसोशिएसनको वरिष्ठ उपाध्यक्ष तथा कृष्ण रोडवेजका प्रोपाइटर हुन् ।
उनले कालीमाता मठ मन्दिर व्यवस्थापन समितिका संरक्षक तथा सल्लाहकार काजीमान बुढाथोकीलाई उक्त साउण्ड सिस्टम हस्तान्तरण गरेका हुन् ।
त्यस्तै गोलधापका मदन थपलियाले मन्दिरलाई प्रदान गरेको घण्टीको पुजन तथा त्रिशुल अनावरणसमेत आजै गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समाजसेवी प्रसाईले घण्टी तथा त्रिशुल अनावरण गरिदिएका हुन् ।
सोही कार्यक्रममा सैनिकमोड निवासी चिया पसले सूर्यनारायण राजवंशीले पनि उक्त मन्दिरलाई एकथान घण्टी प्रदान गरेका छन् ।
उक्त कार्यक्रमको अध्यक्षता मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रबिन बुढाथोकीले गरेका थिए ।
Comments