Sajhamanch Archive

अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीको गलत निर्णय : नेकपा एमाले (पूर्णपाठ)

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘अराजक अर्थमन्त्रीको दबाबमा’ प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हटाउने गलत निर्णय लिए‍को आरोप लगाएको छ ।

नेकपा एमालेले आज आइतबार पत्रकार सम्मेलन गर्दै मुलुकको आर्थिक अवस्था सार्वजनिक र गभर्नर हटाउने निर्णय भित्रको राजनीतिक खेलबारे टिप्पणी गरेको हो ।

‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन’ एमालेले भनेको छ ।

एमाले सरकारबाट नियुक्त भएकै कारण व्यावसायिक रुपमा दक्ष र इमानदार राष्ट्रसेवकहरु यो सरकारका कोपभाजनमा परेको बताएको छ । ‘गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्र माथि खेलवाड गरिरहेको छ । यसो गरेर गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको छ’ एमालेले भनेको छ ।

कान्तिपुरबाट

संकटोन्मुख अर्थतन्त्रका सन्दर्भमा नेकपा (एमाले)का तीन पूर्वअर्थमन्त्रीको तर्फबाट जारी विज्ञप्तिको पूर्णपाठ :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *