नेपाली कांग्रेस झापाको संसदीय बोर्ड गठन
Published:
by .झापा । नेपाली कांग्रेस झापाले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न टिकट वितरण र सिफारिसका लागि संसदीय बोर्ड गठन गरेको छ ।
पार्टीको विधान २०१७ संसोधनसहितको धारा ३१ (१) को ‘ख’ बमोजिम जिल्ला संसदीय बोर्ड गठन गरिएको हो । गठित संसदीय बोर्डको सभापतिमा पार्टीका जिल्ला सभापति देउकुमार थेवे, बोर्ड सचिवमा कृष्ण हुमागाई र नवीन बिमली रहेका छन् ।
त्यस्तै सदस्यहरुमा उपसभापतिद्वय शेरबहादुर भट्टराई, केशवराज पाण्डे, सहसचिवद्वय कालेन्द्रप्रसाद राजवंशी, कमल भण्डारी र सभापति पदका निकटतम प्रतिष्पर्धी राम कट्टेल रहेका सचिव हुमागाईंले जनाएका छन् ।
जिल्ला सदस्यहरु मध्येबाट सभापतिले मनोनयन गरेका पाँचजना बोर्ड सदस्यहरुमा रमेश दाहाल, पार्वता गिरी, भक्त खवास, लीला चियरिया र सरस्वती सेढाई छन् ।
यसैगरी विधान अनुसार जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने मध्येबाट महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री तथा पार्टीका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, केशवकुमार बुढाथोकी, सरिता प्रसाई, महेन्द्राकुमारी सुब्बा, सुशीला ढकाल आचार्य र १ नम्बर सभापति उद्धव थापा पदेन सदस्य रहेका छन् ।
योसँगै नेपाली कांग्रेस झापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टी भित्र आन्तरिक अनुशासन कायम राख्न तीन सदस्यीय अनुसाशन समिति गठन गरेको छ । गठित समितिको सभापतिमा पार्टी सभापति थेवे र सदस्यहरुमा पार्टी उपसभापति शेरबहादुर भट्टराई र केशवराज पाण्डे रहेका छन् ।
Comments