सहारा नेपाल साकोस काँकरभिटटद्वारा दुई उद्यमी सम्मानित
Published: (Updated: )
by .मेचीनगर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि काँकरभिट्टा सेवा केन्द्रले चैत २१ ग्ते मनाउन नपाएको संस्थाको २७औ वार्षिकोत्सव ३० गते बुधबार सम्पन्न गरेको छ ।
वार्षिकोत्सव कार्यक्रममा सहारा नेपाल साकोसका काँकरभिट्टा सेवा केन्द्र प्रमुख खेमराज पुरीले पछिल्लो एक वर्षमा सेवा केन्द्रले सम्पादन गरेका कामहरुका बारेमा जानकारी गराएका थिए । यस्तै समग्र संस्थाको वर्तमान अवस्था तथा वित्तीय साक्षरताको विषयमा संस्थाका अनुगमन प्रमुख घनश्याम रायले प्रशिक्षण गराएका थिए ।
काँकरभिट्टाकी उद्यमी लघुवित्त महिला सदस्य सुशिला खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य रबिन कोइराला रहेका थिए । यस्तै वडा नं. ६ का वडाध्यक्ष ललित तामाङ्ग, काँकरभिट्टा खानेपानी संस्थाका उपाध्यक्ष गोबिन्द गिरीलगायतको आतिथ्यमा वार्षिकोत्सव गरिएको हो ।
सो कार्यक्रममा काँकरभिटट सेवा केन्द्रमार्फत् विगत १५ वर्षदेखि लघुवित्त कार्यक्रममा सदस्य भई उद्यमी सदस्य हुन सफल सदस्य मेचीनगर नगरपालिका वडा नं. ६ निवासी झरी राजबंशी र मेचीनगर वडा नं. ४ निवासी तारा बराललाई नगद तथा सम्मानपत्र प्रमुख अतिथि कोइरालले हस्तान्तरण गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि कोइरालले सहारा नेपाललाई नेपालकै नमूना र उदाहरणीय सहकारी संस्था रहेको चर्चा गर्दै उद्यमशिलता विकास तथा गरिबी न्यूनीकरणमा यसले चालेका हरेक योजना सफल रहुन् भनी शुभकामना दिएका थिए ।
यसैगरी वडाध्यक्ष तामाङ्गले सहारा नेपाल अन्य वित्तीय संस्थाजस्तो नभई फरक रहेको हुँदा सबैले यसको अनुसरण गर्नुपर्ने बताए । कार्यक्रमको सञ्न्चालन सो सेवा केन्द्रका कर्मचारी यादपप्रसाद घिमिरेले गरेका थिए ।
Comments