Sajhamanch Archive

फिलिपिन्समा समुद्री आँधीपछि बाढीपहिरो : मृत्यु हुनेको संख्या १२३ पुग्यो

Published: in विश्व समाचार by .

मनिला । फिलिपिन्समा समुद्री आँधीपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । बाढीपहिरोले धेरै घरहरू पुरिएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

‘मेगी’ नामको समुद्री आँधीपछि लेटेलगायतका प्रान्तमा भारी वर्षा भएको छ । सन् २०१३ मा सुपर टाइफुन ‘हैयान’ले असर गरेकै क्षेत्रमा यसपटक पनि प्रभावित तुल्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा जनाइएको छ ।

पछिल्लो समय मानवीय गतिविधिका कारण तापमान बढ्दै गएको र समुद्री आँधीको स्वरूपमा पनि परिवर्तन देखिएको वैज्ञानिकहरूले जनाएका छन् ।

बाढीपहिरोमा परी १५० जनाभन्दा बढी बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै हजारौंलाई सुरक्षित स्थानमा सारिएको छ ।

फिलिपिन्स जलवायु परिवर्तनबाट बढी प्रभावित हुने मुलुकमा पर्छ । प्रत्येक वर्ष फिलिपिन्समा सरदर २० वटा आँधी आउने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *