राजवंशी संस्कृति संरक्षणका लागि भद्रपुर कांग्रेस वडा सभापतिले दिए २६,५०० रुपैयाँ
Published: (Updated: )
by .भद्रपुर । नेपाली कांग्रेस भद्रपुर वडा नं. ९ समितिले नयाँवर्ष २०७९ तथा सिरूवा पर्वको अवसरमा आज विविध सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान गरेको छ ।
वडा सभापति चेतनाथ भट्टराईको सभापतित्व तथा नेपाली कांग्रेस झापा जिल्ला उप–सभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस झापा ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेल, महाधिवेशन प्रतिनिधि गोमा भट्टराई, जिल्ला सदस्य रमेश पोखरेल, क्षेत्रीय प्रतिनिधि अल्छिया राजवंशी, नगर सहसचिव नन्दु राजवंशी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारले राजवंशी संस्कृति झल्कने मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।
वडा सचिव चिरञ्जीवी भट्टराईले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा वडा सभापति चेतनाथ भट्टराईले वडाभित्र रहेको राजवंशी संस्कृति संरक्षणका लागि २६ हजार ५०० रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
Comments