Sajhamanch Archive

भद्रपुर नगरपालिकामा नवराज पनेरूको नेतृत्वमा ५२ वटै पदमा राप्रपाका उम्मेदवार घोषणा

Published: (Updated: ) in राजनीति, समाज, स्थानीय तह by .

भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले भद्रपुर नगरपालिकाको प्रमुखमा नवराज पनेरू ’राजु’ र उपप्रमुखमा राधा कार्कीलाई उम्मेदवार घोषणा गरेको छ ।

नगरका १० वटै वडाका सबै पद (प्रमुख–उपप्रमुखसहित ५२ वटै पदमा उम्मेदवारी दर्ता गर्ने गरी उम्मेदवार घोषणा गरेको हो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि राप्रपाको तर्फबाट पनेरू र कार्की नै प्रमुख उपप्रमुखको उम्मेदवार थिए । सो निर्वाचनमा भद्रपुर नगरपालिकामा राप्रपा चौथो दल कायम भएको थियो । काँग्रेस त्यागेर राप्रपा प्रवेश गरेका प्रमुखका दावेदार पनेरूले २,८२२ र उपप्रमुखको आकांक्षी कार्कीले ३,२७७ मत प्राप्त गरेका थिए ।

राप्रपाले भद्रपुरको १ देखि १० नम्बर वडासम्म क्रमशः दलबहादुर लिम्बू ’शंकर’, रामबहादुर राई, हेमबहादुर कार्की, दिनानाथ (शंकर) रिजाल, देवकुमार घिमिरे, ढकबहादुर विष्ट, अभिषेक ढुंगाना, गणेशप्रसाद लिम्बू, ज्ञानबहादुर राई ’सविन’ र खेमराज भट्टराईलाई वडाध्यक्षको प्रत्यासीमा उम्मेदवार चयन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *